दार्चुला । दार्चुलामा जिप दुर्घटना हुँदा चालकसहित तीन जना घाइते भएका छन् । जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर ३ कर्कलेमा गोकुलेश्वर बजारबाट बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर ३ गिरीबगड जाँदै गरेको से.१ ज.११०४ नम्बरको जिप शनिबार साढे सात बजेतिर दुर्घटना हुँदा चालकसहित ३ जना घाइते भएका हुन् ।
घाइते हुनेमा चालक दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ का ३३ वर्षीय मानसिंह टमटा,जिपमा सवार डिलाशैनी गाउँपालिका वडा नम्बर ३ का ३० वर्षीय दिपक लुहार र डिलाशैनी वडा नम्बर ३ की ३० वर्षीया किरन कामी घाइते भएका अस्थायी प्रहरी पोष्ट गोकुलेश्वरका प्रहरी साहयक हवलदार मिनबहादुर नाथ ले जानकारी दिनुभयो ।
उहाका अनुसार चालक मानसिंहको टाउँको र छातीमा चोट लागेको छ । लुहार र कामीको टाउको र मुखमा चोट लागेको छ । घाइतेहरुको मालिकार्जुन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
जिप सडकबाट करिब ३० मिटर तल चमेलिया नदी नजिक खसेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया