श्री एयरलाइन्सका सबै उडान आज स्थगित

दार्चुला । श्री एयरलाइन्सले आइतबारका लागि निर्धारित सबै उडान स्थगित गरेको छ।

एयरलाइन्सले शनिबार प्रेस नोट जारी गरी आइतबारका सबै उडान स्थगित गरेको जानकारी दिएको हो।

एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले उडान स्थगित गरी आइतबार कम्पनीका सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय भएको जनाएका छन्। सोमबारदेखि भने सबै उडान नियमित हुनेछ।

शनिवार ३ः३० बजे काठमाडौंबाट धनगढीका लागि उडेको विमानमा प्राविधिक समस्या आई पुनः काठमाडौं नै फिर्ता ल्याई अवतरण गरिएको थियो। यसपछि एयरलाइन्सले आइतबार आफ्ना सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?