पुष्पराज जोशी, दार्चुला । दार्चुलामा चितुवा मृत फेला परेको छ। जिल्लाको लेकम गाउँपालिका वडा नम्बर १ दानुगाड खोला किनारमा आज बिहान चितुवा मृत फेला परेको हो ।
मृत चितुवा स्थानीयले देखेपछि प्रहरीलाई खवर गर्दा प्रहरी र सब डिभिजन वनका कर्मचारीको टोली घटनास्थल गएको निमित्त डिभिजन बन कार्यालय दार्चुलाका कार्यालय प्रमुख प्रमानन्द कुवरले जानकारी दिनुभयो । घटनाको बारेमा थप अनुसन्धान भईरहेको उहाले बताउनुभयो।
स्थानियका अनुसार पछिल्लो समय लेकम गाउँपालिकाको विभिन्न बस्तीमा चितुवा घुम्ने गरेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया