दार्चुलाको अपिहिमालमा स्कुलको कम्पाउण्डबाट लडेर एक विद्यार्थीको मृत्यु

पुष्पराज जोशी, दार्चुला । दार्चुलामा स्कुल नजिकैको कम्पाउण्डबाट लडेर एक विद्यार्थीको मृत्यु भएको छ । जिल्लाको अपिहिमाल गाउँपालिका वडा नम्बर ६ धङकङस्थित छिपुलाकेदार माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत विद्यार्थी समिर महताको लडेर मृत्यु भएको हो ।

हिजो (आइतबार) विद्यालयमा खेलिरहेको बेला महता लडेर झण्डै ६० मिटर तल पुगेका र घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?