पाल्पाको एक वडामा तीन सन्तान जन्माउनेलाई पाँच हजार भत्ता

दार्चुला । जिल्लाको रिब्दीकोट गाउँपालिका– १ ख्याहाले दुइभन्दा बढी सन्तान जन्माउने आमाबुवालाई सम्मानस्वरूप प्रोत्साहन भत्ता दिने भएको छ।

तीन सन्तान जन्माएर वडामा जन्मदर्ता गराउन आउने आमाबुवालाई प्रोत्साहन भत्ता दिइनेछ। बच्चाको जन्म दर्तासँगै उनीहरूले नगद ५ हजार भत्ता पाउने वडाध्यक्ष चिरञ्जीवी पोखरेलले बताउनुभयो।

यो कार्यक्रम आगामी आर्थिक वर्षको साउन महिनादेखि लागू हुनेछ। अहिले बढीमा दुई सन्तान जन्माउने चलन छ। वडामा जनसंख्या वृद्धि गर्नका लागि पनि यो नीति लिएको उहाले बताउनुभयो। २ भन्दामाथि जतिजना सन्तान जन्माए पनि जन्म दर्ता गर्न आउने परिवारलाई प्रोत्साहन भत्ता उपलब्ध गराइनेछ। जन्म दर्तासँगै प्रोत्साहन भत्ता दिइनेछ।

गाउँमा जनसंख्या घट्दै गएको छ। काम गर्ने जनशक्तिको अभाव हुन थालेको छ। ‘नेपाल’ कृषि प्रधान देश भएको सरकारले नै भन्दै आएको छ। बजेट पनि कृषिमा नै बढी विनियोजन भएको अवस्था छ। तर कार्यान्वयन पक्ष उपलब्धिमूलक छैन। कृषि गर्ने मानिसको अभाव छ। खेतबारी बाँझिएका छन्। यहाँका नागरिक भोकै मर्नुपर्ने अवस्था दिनानुदिन सिर्जना हुँदै गएको छ। खानकै लागि परनिर्भर बन्न परिरहेको छ।
धेरै सन्तान जन्माए नै काम गर्ने जनशक्ति उत्पादन हुने उहाले स्पष्ट पार्नुभयो।थाहा खबर

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?