मार्मा गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

दार्चुला । दार्चुलाको मार्मा गाउँपालिकाको चालु आर्थिक वर्ष २०७९/८० को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। तेस्रो चौमासिक अवधिको सार्वजनिक सुनुवाइ कार्यक्रम गाउँपालिका अध्यक्ष जमन सिंह धामीको अध्यक्षतामा सम्पन्न भएको हो। पालिका उपाध्यक्ष शर्मिला चन्द सिंह, निमित्त प्रमुख प्रशासकीय अधिकृत राम कुमार राना, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, गाउँसभा सदस्यहरु, विषयगत शाखा प्रमुख एवम् प्रतिनिधिहरु, स्थानीयबासिन्दा, सुरक्षाकर्मी र पत्रकारहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो।

पालिकाले ७ सय ८० जना गैर दलित जेष्ठ नागरीक, ४४ जना दलित जेष्ठ नागरिक, ४९ जना पूर्ण अपाङ्ग, ५५ जना आशिंक अपाङ्ग, १ सय ५८ विधुवा महिला, ९४ जना एकल महिला तथा १ सय ५५ बालबलिकालाई बाल संरक्षण अनुदान तर्फको सामाजिक सुरक्षा भत्ता वितरण गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत राम कुमार रानाले जानकारी दिनुभयो । चालु आर्थिक वर्षको हालसम्म ६ सय ६२ जनाको जन्मदर्ता, १ सय २ जनाको मृत्यु दर्ता, १ सय ८० जोडीको विवाह दर्ता, सम्बन्ध बिच्छेद १ जोडि, अन्यत्र बाट बसाईसराई गरी आएको ७ घरधुरी ३९ जना र अन्यत्र गएको ३४ घरधुरी १०९ जना रहेको उहाँले बताउनुभयो । पालिकाले चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ३३ लाख ३१ हजार ५ सय ८५ रुपैयाँ राजश्व संकलन गरेको छ।

कार्यक्रममा सेवाग्राही र गाउँपालिकाबिच दोहोरो संवाद एबं अन्तरक्रिया गरिएको थियो । मार्मा गाउँपालिकाको आयोजना तथा गतिशील नेपाल व्यक्तित्व विकासको सहजिकरण रहेको सार्वजनिक सुनुवाई कार्यक्रम मा सरोकारवाला हरुले प्रश्न गरेका थिए भने जवाफदेहि वक्ताहरुले पालिकामा भए गरेक काम कारवाही वारे जवाफ दिएका थिए। गतिशील नेपाल व्यक्तित्व विकासका अध्यक्ष हरिप्रसाद जोशीले सञ्चालन गरेको कार्यक्रममा रेडियो लोकदर्पणका स्टेसन म्यानेजर एबं पत्रकार लोकेन्द्रप्रसाद जोशीले सहजिकरण गर्नुभएको थियो । मार्मा गाउँपालिकाबाट चालु आर्थिक वर्षमा २११ योजना सञ्चालनमा रहेकोमा अधिकांश योजनाको भुक्तानी भइसकेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?