आज परराष्ट्रमन्त्री एनपी साउद अजरबैजान जाने

दार्चुला । परराष्ट्रमन्त्री एनपी साउद असंलग्न आन्दोलनको समन्वय ब्यूरोको मन्त्रीस्तरीय बैठकमा सहभागी हुन मंगलबार अजरबैजान प्रस्थान गर्दैछन्।

अजरबैजानको बाकुमा हुने ‘असंलग्न आन्दोलन  :  उदीयमान चुनौतीहरूको सामना गर्न एकताबद्ध र अटल’ नाराका साथ बैठकमा मन्त्री साउदले असार २० गते सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

भ्रमणका क्रममा उनले अजरबैजान सरकारका उच्च पदस्थ अधिकारी र विभिन्न देशका सहभागी प्रतिनिधिमण्डलका प्रमुखसँग समेत भेटवार्ता गर्नेछन्।

मन्त्री साउद असार २३ गते स्वदेश फर्किने तय भएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?