दार्चुला । दार्चुलामा कैलालीका एक युवकको मृत्यु भएको छ। कैलालीको गोदावरी नगरपालिका—४ अतरियाका २६ वर्षीय सचिन बस्नेतको उपचारको क्रममा सोमबार मृत्यु भएको हो ।
मालिकार्जुन बेतालेश्वर सुनचाँदी पसलमा कारीगरको रुपमा काम गर्ने बस्नेतको गोकुलेश्वर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम सुचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिनुभयो। उनी दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्वर—९ गोकुलेश्वर बजारमा डेरा गरी बस्दै आएका थिए।
विहान अबेर सम्म बस्नेत काममा नआएपछि स्थानीयहरुले खोजी गर्दा उनी आफनै कोठामा बेहोस अवस्थामा फेला परेका थिए। बेहोस अवस्थामा फेला परेका बस्नेतलाई स्थानीयहरुले उपचारका लागि अस्पताल लगेको भएपनि डाक्टरले उनलाई सोमवार दिउँसो साढे १२ बजे मृत घोषणा गरेको प्रहरी निरीक्षक एवम सुचना अधिकारी सिंहले बताउनुभयो।
घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया