दार्चुला । गएरातिको वर्षाका कारण पहिरो खसेपछि दार्चुलाको महाकाली लोकमार्ग अन्तर्गत खलङ्गा–गोकुलेश्वर सडक खण्ड अवरुद्ध भएको छ । सडक माथिबाट पहिरो खसेपछि मङ्गलवार आज बिहानैदेखि पनेबाजदेखि ऐरिछानासम्मको खण्ड अवरुद्ध भएको हो ।
हिलोसहित ढुङ्गा खसेपछि सडक अवरुद्ध हुँदा गाडी सञ्चालन हुन नसकेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
सडक अवरुद्ध भएपछि जिल्लाबाट बाहिरिने र भित्रिने गाडी बिच बाटोमै रोकिएका छन् ।
बिहानैदेखि डिभिजन सडक बैतडी पाटनले पहिरो हटाउने प्रयास गरिरहेको भएपनि लगातार परिरहेको बर्षाका कारण अबरुद्ध लोकमार्ग खुलाउन समस्या भइरहेको प्रहरीले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया