पहिरोका कारण अवरुद्ध महाकाली लोकमार्ग सुचारु

पुष्पराज जोशी, दार्चुला । गएरातिको वर्षाका कारण पहिरो खसेपछि अवरुद्ध बनेको दार्चुलाको महाकाली लोकमार्ग सुचारु भएको छ । सोमबार राति लोकमार्गको खलङ्गा–गोकुलेश्वर सडक खण्ड अन्तर्गत पनेबाजमा पहिरो गएपछि अवरुद्ध बनेको थियो ।

सडक माथिबाट खसेको पहिरो मंगलबार बिहानैदेखि सडक डिभिजन कार्यालय पाटन बैतडीले पन्छ्याएपछि लोकमार्ग सुचारु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो ।

सडक सुचारु भएसंगै दार्चुला सदरमुकाम जाने र दार्चुला सदरमुकामबाट अन्यत्रका लागि छुटेका सवारी साधन र यात्रुहरु गन्तव्यतर्फ लागेका छन् ।

बर्षातको समयमा महाकाली लोकमार्ग अन्तर्गत खलंगा–गोकुलेश्वर खण्डको पनेबाज र ऐरिछानामा बेलाबेला सडक अवरुद्ध हुँदा यात्रुहरुले सास्ती भोग्नुपरेको छ ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?