दार्चुला । यातायात व्यवस्था कार्यालयहरु राजश्व बुझाउन अनलाइन प्रणालीको सुरुवात भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी चालक अनुमति पत्रको नवीकरण, वर्ग थप, पहिले आवेदन गरेका तर सफल हुन नसकेकाले पुनः आवेदन विद्युतीय माध्यमबाट गर्ने भएको छ ।
‘लाइसेन्सका लागि नयाँ आवेदन, नवीकरण, सवारी बर्ग थप र राजश्व आजदेखि अनलाइनबाटै बुझाउने ब्यवस्था गरेका छौ’, अनलाइन सेवा सुरु गर्दै मन्त्री प्रकाश ज्वालाले भन्नुभयो, ‘आजदेखि गण्डकी प्रदेशको पोखराबाट सेवा सुरु गरेका छौं, एक महिनाभित्र देभभरका यातायात कार्यालयबाट अनलाइन सेवा सुरु गर्छौं ।’
बुधबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वालाले अनलाइन सेवाको सुभारम्भ गरेका हुन् । अनलाइन सेवा सुचारु गर्दा राज्यमन्त्री नन्दा चपाई, गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री रेशमबहादुर जुग्लाली डिजिटल माध्यमबाट जोडिएका थिए ।
अनलाइन सेवा सुचारु भएपछि यातायात ब्यवस्था कार्यालयमा बायोमेट्रिक गर्न, लिखित परीक्षा र ट्राइल दिन मात्र जानुपर्नेछ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया