कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका थापा नियुक्त

दार्चुला । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापा कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुभएको छ ।

प्रदेश प्रमुख खापुङ्ले उहाँलाई संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । ९३ सदस्यीय प्रदेशसभामा गठबन्धन दल कांग्रेसका २९, माओवादी केन्द्रका सभामुखसहित १३, नेकपा ९एकिकृत समाजवादी०का ४ र जनता समाजवादी पार्टीको एक गरी बहुमत ४७ प्रदेश सांसदको समर्थन रहेको भन्दै थापाको नेतृत्वमा सरकार गठनका लागि दावी पेस गरिएको थियो ।

कोशीमा कांग्रेसबाट मुख्यमन्त्री बन्ने थापा पहिलो व्यक्ति हुनुहुन्छ । यसअघिका चारै जना मुख्यमन्त्री कम्युनिष्ट पार्टी थिए ।

गठबन्धन दलहरूसँग प्रदेश सभामा जम्मा ४७ मत छ । यो ९३ सदस्यीय प्रदेशसभाको बहुमत संख्या हो । यद्यपि यो संख्यामा सभामुख बाबुराम भण्डारीको पनि गणना माओवादी केन्द्रले गरेको छ । दाबी पेश गर्नेबेलामा दलका नेताहरुले हस्ताक्षर गरे पुग्ने भए पनि विश्वासको मत लिने बेलामा भने सभामुखको भूमिका के हुने भन्ने अन्योल छ ।

भर्खरै सत्ताबाट बहिगर्मित एमालेले मात्रै होइन, संविधानविद्हरूले पनि सदनमा बराबरी मत भए मात्रै सभामुखले निर्णायक मत दिन पाउने भनिरहेका छन् । संविधानले पनि सोही कुरा भनेका कारण राप्रपा फ्याक्टर प्रदेशमा निर्णायक सावित हुने छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?