मकवानपुरमा दुई ट्रक ठोक्किएर आगलागी हुँदा ३ जनाको ज्यान गयो

दार्चुला । मकवानपुरको मनहरी गाउँपालिकामा दुई ट्रक ठोक्किएर आगलागी हुँदा तीनजनाको मृत्यु भएको छ। दुर्घटनामा दुई जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी टेकबहादुर कार्कीले घटनास्थलमै ज्यान गुमाएका तीनैजनाको पहिचान नभएको जानकारी दिनुभयो।  घाइते ३५ वर्षीय विवेक तामाङ र ३२ वर्षीय अर्जुनकुमार प्रजालाई उपचारका लागि चितवनस्थित भरतपुर अस्पताल पठाइएको छ ।

कार्कीका अनुसार शुक्रबार राति पौने २ बजे मनहरी–६ नयाँबस्ती डिपाट गाउँस्थित पूर्वपश्चिम राजमार्गमा विपरीत दिशाबाट आएका दुईवटा ट्रक ठोक्किएका हुन्।

हेटौंडाबाट चितवनतर्फ आउँदै गरेको ना.६ ख ६६६७ नम्बरको ट्रक र विपरीत दिशातर्फबाट आउँदै गरेको ना.६ ख ६३१ नम्बरको ट्रक ठक्कर खाएका थिए। आगलागीका कारण दुवै ट्रक पूर्णरूपमा क्षतिग्रस्त भएका छन्।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?