उपभोक्ताको रकम लुटेको आरोप लागेका वीरेन्द्रनगरका वडाध्यक्ष पक्राउ

दार्चुला । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष विनोदसिंह विष्ट पक्राउ परेका छन् । आइतबार वीरेन्द्रनगर नगरपालिकाको कार्यालयबाट उनी पक्राउ परेका हुन् ।

बिहीबार वडाध्यक्ष विष्टसहित सुशील गुरुङ, बलिराज शाहीले खोर्के खोला तटबन्धन उपभोक्ता समितिको साढे ६ लाख रूपैयाँ लुटेर लगेको भनी उपभोक्ताका समितिका सदस्यले प्रहरीमा जाहेरी दिएका थिए ।

गुरुङ र शाहीलाई भने प्रहरीले शुक्रबार नै पक्राउ गरेको थियो । उनीहरूले वडाध्यक्ष विष्टलाई दुई लाख दिएको स्वीकारेपछि विष्टलाई पनि पक्राउ गरिएको प्रहरीले बताएको छ । वडाध्यक्षले भने आफूमाथि लागेको आरोप झूटो भएको बताउँदै आएका थिए ।

उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी लक्ष्मणबहादुर शाहीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?