मन्त्रीको प्रतिवद्धतापछि विगत १० दिनदेखिको आन्दोलन रोकियो

दार्चुला । सुदूरपश्चिम सरकारले सार्वजनिक गरेको बजेट अपाङ्गमैत्री नभएको भन्दै विगत १० दिनदेखि आन्दोलनरत अपाङ्गता भएकाको आन्दोलन स्थगित भएको छ ।

प्रदेश सरकारको प्रतिवद्धतापछि उनीहरुले आन्दोलन रोकेका हुन् ।

प्रदेश सरकारका सामाजिक विकासमन्त्री झपटबहादुर साउदले बजेट अपाङ्गतामैत्री बनाउने प्रतिवद्धता व्यक्त गरेसँगै अनसनबाट सुरु भएको सडक आन्दोलन रोकिएको छ ।

अपाङ्गता भएकाहरूको हक अधिकार र सम्मानित जीवनयापनका लागि उठाइएका मागलाई मन्त्री साउदले तत्कालै बजेटबाट सम्बोधन, नीतिगत रूपमा सुधार र अन्तरमन्त्रालय वा निकायसँग समन्वय र बाँकी विषयमा थप छलफल गर्ने प्रतिवद्धता जनाएपछि आन्दोलन रोकिएको हो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?