चन्द्रमासअनुसार आजदेखि र सौरमासअनुसार अर्को हप्तादेखि साउने सोमवारको व्रत शुरु

दार्चुला । चन्द्रमास अनुसार आजदेखि साउने सोमवारको व्रत शुरु भएको छ । तर सौरमासअनुसार भने अर्को हप्तादेखि मात्रै साउने सोमवारको व्रत शुरु हुन्छ । केहीले चन्द्रमास अनुसार र धेरैले सौरमासअनुसार साउने सोमवारको व्रत बस्ने गरेका छन् ।

सौरमास अनुसार यस वर्ष साउन महिनामा अधिकमास अर्थात् मलमास परेको छ । अधिकमास परेको बेला व्रत गर्ने कि नगर्ने भन्ने धेरैमा अन्योल छ । तर साउने सोमवारको व्रत नित्य हुने भएकाले अधिकमासले फरक नपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले साउनका सबै सोमवार व्रत बस्न उपयुक्त हुने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?