दार्चुला । दार्चुलामा रहेको लस्कु खोलामा आएको बाढीले पुल भत्काउँदा स्थानीयहरुलाई आवतजावतमा समस्या भएको छ । जिल्लाको महाकाली नगरपालिका –१ जोड्ने उक्त पुल भत्किँदा स्थानीयलाई लस्कु खोला वारपार गर्न समस्या भएको छ ।
सोमबार राति खोलामा आएको बाढीले पुल भत्काएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो ।
खोलामा पानीको सतह घटेपछि भत्केको पुलबाटै स्थानीयहरुले ओहोरदोहर गरिरहेका छन् । खोलामा पुल नहुँदा भत्केको पुलबाट जोखिम मोलेर आवतजावत गर्नुपरीरहेको स्थानीयहरुले बताएका छन् ।
गत बर्ष लास्कुखोलामा आएको बाढीले झोलुंगे पुल बगाएको थियो । त्यसपछि त्यो ठाउँमा काठेपुल निर्माण गरिएको थियो । काठेपुल पनि भत्केपछि आवतजावतमा समस्या भएको स्थानीयहरुको भनाइ रहेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया