भारतले धौलीगंगा जलविद्युतको बाँध खोल्यो

दार्चुला । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा अवस्थित धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलिएको छ।

उत्तराखण्डको पिथौरागढ जिल्लाको छिरकिल्लामा रहेको आयोजनाको बाँध आज (मंगलबार) बिहान खोलिएको हो ।

बाँध खालेपछि महाकाली नदीमा जलस्तर बढेको छ भने नदीमा माटो मिसिएको धमिलो पानी बगिरहेको छ ।

आयोजनाले मंगलबार बिहान ५ बजेदेखि राति ८ बजेसम्म बाँधका ढोकाहरु खोलिने जानकारी गराएपछि दार्चुला जिल्ला प्रशासन कार्यालयले महाकाली नदी आसपासका बस्तीहरुमा सतर्कता अपनाउन सोमबारनै सूचना जारी गरेको थियो ।

भारत, उत्तराखण्डको पिथौरागढ जिल्लामा पर्ने धौलीगंगाको बाँध खोल्दा दार्चुला, बैतडी, डडेलधुरा, कञ्चनपुर हुदै भारततर्फ बग्ने महाकाली नदीमा जलस्तर बढ्ने छ । त्यसबाट आसपासका क्षेत्रमा बाढी आउन सक्ने र डुबान हुनसक्ने भएकाले पूर्व सतर्कता अपनाउन भनिएको हो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?