दुर्घटनाग्रस्त अवस्थामा मनाङ एयरको हेलिकोप्टर फेला, पाँच वटा शव भेटियाे

दार्चुला । लुक्लाबाट काठमाडौं फर्किएको मनाङ एयरको हेलिकप्टर सोलुखुम्बु लिखु पिके गाउँपालिका वडा नम्बर ५ भक्कानेस्थित लाम्जुरापास चिहानडाँडामा भेटिएको छ ।

३६ सय ३४ मिटरको उचाइमा हेलिकप्टर दुर्घटना भएको ठाउँमा अहिले आगलागी भइरहेको छ । वडा नम्बर ५ का वडाध्यक्ष ङिमाछिरी लामाले हेलिकप्टर क्षतविक्षत अवस्थामा रहेको बताउनुभयो ।

उक्त हेलिकोप्टरमा पाइलटसहित ६ जना सवार थिए। दुर्घटनामा पाँच जनाको शव फेला परेको छ।

सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले अहिलेसम्म ५ वटा शव भेटिएको र उनीहरुको पहिचान नभएको बताउनुभयो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?