सीतालाई प्रधानमन्त्री दाहालसँगै दुई छोरीले दिए दागबत्ती

दार्चुला । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धर्मपत्नी सीता दाहालको पार्थिव शरीरमा दागबत्ती दिनु भएको छ ।

प्रधानमन्त्री दाहालका साथै छोरीहरु रेणु दाहाल र गंगा दाहालले पशुपति आर्यघाटमा सीतालाई दागबत्ती दिएका हुन् । सीताको पार्थिव शरीर श्रद्धाञ्जलीको लागि कोटेश्वरको पेरिस डाँडा स्थित पार्टी कार्यालयमा बिहान ११ बजेदेखि दिउँसो साढे १ बजेसम्म राखिएको थियो ।

त्यसपछि अन्त्यष्टीका लागि पशुपति आर्यघाट लगिएको हो । सीताको आज बुधवार बिहान ८ बजेर ३३ मिनेटमा नर्भिक अस्पतालमा निधन भएको थियो । सीतालाई अन्तिम श्रद्धाञ्जली दिन पशुपति आर्यघाटमा बिभिन्न राजनीतिक दलका नेता कार्यकर्ता लगायत सरकारका मन्त्रीहरु पुगेका थिए ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?