दार्चुला । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेशमा हुन सक्ने सम्भावित विपद्का विषयमा चनाखो रहन निर्देशन दिएका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकमा उहाले सरकारका निकायहरूलाई विपद्बाट हुने क्षति रोक्न, उद्धार र राहत कार्यमा खटिन निर्देशन दिनुभयो ।
मनसुन सुरु भइसकेको हुँदा प्रदेशमा प्राकृतिक प्रकोपका घटना घट्न सक्ने भन्दै मुख्यमन्त्री शाहले चिन्ता व्यक्त गरेका थिए ।
उहाले यस्तो अवस्थामा ढिलो नगरी उद्धार र राहतका लागि खटिन निर्देशन दिएका हुन् ।
बैठकमा प्रदेश सरकारका प्रमुख सचिव, मन्त्रालयका सचिव, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका प्रदेश प्रमुखहरूको सहभागिता रहेको थियो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया