आज आदिकवि भानुभक्तको २ सय १० औँ जन्मजयन्ती मनाइँदै

दार्चुला । आज २ सय १० औँ भानु जयन्ती । नेपाली साहित्यका आदिकवि भानुभक्तको आचार्यको जन्म जयन्ती भब्यतापूर्वक मनाइँदै छ ।

विसं १८७१ साल असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मिनु भएका भानुभक्तले नेपाली भाषा साहित्यमा अतुलनीय योगदान पुर्‍याउनु भएको छ ।

भानु जयन्ती शुक्रबार सरकारी तथा गैर सरकारी स्तरमा मनाइँदै छ । देश भित्र मात्रै नभई भारतको सिक्किम, दार्जिलिङ, आसमलगायत विश्वभर छरिएका नेपालीहरुले भानु जयन्तीलाई विशेष पर्वको रुपमा मनाउने गर्दछन् ।

बाल्मिकी रायायणलाई नेपाली भाषामा उल्था गरी सरल लोकलयमा ढालेर भानुभक्तले नेपाली भाषा साहित्यमा ठूलो योगदान पुर्‍याउनु भएको थियो । उहाँका बधुशिक्षा, बरमालालगायत दर्जनौं कृतिहरु रहेका छन् ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?