दार्चुला । दार्चुलास्थित नेपाल–भारत जोड्ने झोलुङ्गे पुलको लट्ठा चुँडिएको छ । महाकाली नगरपालिका–९ दत्तु र भारतको बालुवाकोट जोड्ने झोलुङ्गे पुलको लठ्ठा चुँडिदा आवतजावत बन्द भएको हो ।
पुलको भारततर्फको लठ्ठा चुँडिदा दुर्घटनाको जोखिम रहेकाले आवतजावत बन्द गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
पुलको लट्ठा चुँडिएपछि प्राविधिहरुबाट चेकजाँच र मर्मत सम्भारका लागि भारतीय पक्षसंग पहल भइरहेको दार्चुला प्रशासनले जनाएको छ ।
पुलमा आवतजावत बन्द भएपछि दुवै देशका नागरिकलाई समस्या भएको छ ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया