दार्चुलामा पसल माथिबाट ढुङ्गा खस्दा एक पुरूष घाइते

दार्चुला । दार्चुलामा पसल माथि ढुङ्गा खस्दा एक जना घाइते भएका छन् । जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ४ रिङ्न तालमा माथिबाट ढुङ्गा खस्दा  दुहुँ गाउँपालिका वडा नम्वर ५ घर भई हाल दार्चुला उद्योग वाणिज्य संघमा कार्यरत कार्यकारी अधिकृत अमर महरा घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहका अनुसार हिजो (बिहिवार) बेलुका ७ बजेको समयमा मानसिंह बडालको चिया पसलमा माथिबाट ढुङ्गा खस्दा महराको टाउकोमा चोट लागेको हो । उनको जिल्ला अस्पताल दार्चुलामा सामान्य उपचार पछि थप उपचारको लागि धनगढी रिफर गरिएको छ ।

यस्तै ढुङ्गा खस्दा मान सिंह बडालको पसलमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?