मालिकार्जुन गाउँपालिकाद्धारा दिर्घरोगीलाई घरदैलोमै निःशुल्क औषधी वितरण

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकाले दिर्घरोगीहरूलाई घरदैलोमै गएर निःशुल्क औषधी वितरण गरेको छ । शुक्रबार गाउँपालिकाको वडा नम्बर ४ अन्तर्गत हुनैनाथ स्वास्थ्य चौकी मार्फत औषधी वितरण सुरु गरिएको हो।

जसबाट २६ जना दिर्घरोगीहरूले सेवा लिएको गाउँपालिका अध्यक्ष हिरा सिंह धामीले जानकारी दिनुभयो । गाउँपालिकाभित्र औषधी पसल नहुँदा बिरामीहरू औषधि लिन सदरमुकाम जानुपर्ने बाध्यता रहेकाले उक्त समस्यालाई मध्यनजर गर्दै जनताको घरदैलोमै औषधी पुर्‍याउने कार्यक्रम अघि सारेको पालिका डाक्टर नीराजन बोहराले बताउनुभयो ।

दिर्घरोगीहरूको स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै घरदैलोमै एमबीबीएस डाक्टरसहितको टिमले निःशुल्क औषधी वितरण गर्न थालेको हो । दम, क्षयरोग, उच्च रक्तचाप, सुगर, छारे रोग लगायतका विभिन्न रोगका बिरामीहरूलाई लक्षित गरेर प्रत्येक वडाहरूबाट दिर्घरोगीहरूको तथ्याङ्क सङ्कलन गरेर उक्त कार्यक्रम अगाडी बढाइएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?