सुदूरपश्चिम प्रदेश सभा बैठक स्थगित

दार्चुला । आज बिहान ८ बजेका लागि बोलाइएको सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएको छ।

प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०८०/०८१  को बजेटप्रति सत्ता साझेदार दलहरू नै सन्तुष्ट छैनन्। सत्तारुढ दलबीच बजेटमा एकमत हुन नसक्दा बैठक सार्नु परेको प्रदेशसभाका प्रवक्ता नरेन्द्र बहादुर पालले बताउनुभयो।

सत्तारुढ दलसँग पुनः छलफल गरेर सहमति जुटाउने प्रयासका लागि बैठक अपराह्न साढे ३ बजे बस्नेगरी सारिएको प्रवक्ता पालले जानकारी दिनुभयो। सत्तारुढ दलले भने संशोधन नगरी बजेट पास हुन नदिने अडान लिएका छन्।

कांग्रेसबाहेक सत्ता साझेदार माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीले अहिलेकै अवस्थामा बजेट पारित हुन नदिने निर्णय नै गरेका छन्।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?