सुदुरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालको ३० वेड निःशुल्क गर्ने घोषणा

दार्चुला । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका सरकारी अस्पतालमा ३ हजार ५ सय २३ बेड निःशुल्क गरेको छ।

यसरी निःशुल्क बेड सन्चालन भएका अस्पतालमा काठमाडौंका संघीय अस्पतालदेखि प्रदेश स्तरका अस्पतालसम्म रहेका छन्।

काठमाडौं उपत्यकाभित्र वीर अस्पतालमा ७००,शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा ९०,मानसिक अस्पताल, ललितपुरमा ४०, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ६०,परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल थापाथलीमा ४ सय ५० र राष्ट्रिय ट्रमा सेन्टरमा १ सय ५० बेड निःशुल्क गरिएको मन्त्रालयले जनाएको छ।

यस्तै मधेश प्रदेशमा गजेन्द्र नारायण अस्पतालमा १०० र नारायणी अस्पतालमा २५५, कोशी प्रदेशको कोशी अस्पतालमा ३३०,गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३००,लुम्बिनी प्रदेशको भेरी अस्पतालमा ५०,राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३० र कर्णाली प्रदेशको जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५०, सुदुरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालको ३० वेड निःशुल्क गर्ने घोषणा मन्त्रालयले गरेको छ।

यस्तै मन्त्रालयले गरीब, विपन्न, बेवारिसे तथा असाहयहरुको उपचारमा १० प्रतिशत बेड निःशुल्क गर्नको लागि स्थानीय, प्रादेशिक र सङ्घीय स्तरका सामुदायिक तथा नीजि अस्पतालहरूमा परिपत्र गरेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?