शैल्यशिखरले ल्यायो ५८ करोड ८३ लाख बढीको बजेट, दार्चुलाका सबै स्थानीय तहको बजेट सार्वजनिक

दार्चुला । दार्चुलाका सबै स्थानीय तहको बजेट सार्वजनिक भइसकेको छ । दार्चुला जिल्लाका नौँ मध्ये आठ स्थानीय तहले यसअघि आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गरेकोमा शैल्यशिखर नगरपालिकाले शनिबार (आज) बजेट सार्वजनिक गरेको हो ।

शैल्यशिखर नगरपालिकाले १४ औं नगरसभाबाट ५८ करोड ८३ लाख ९७ हजारको बजेट सार्वजनिक गरेको उजुरी प्रशासक मनोरथ जोशीले जानकारी दिनुभयो । नगरपालिकाले पुर्वाधार विकास, समाजिक विकास, आर्थिक विकास र सुशासन सबै क्षेत्रलाई समेटेर बजेट ल्याएको नगरप्रमुख विजयसिंह धामीले बताउनुभयो । नगरउपप्रमुख शान्ति खडायतले बजेट सार्वजनिक गर्नुभएको उक्त समारोहमा नगरप्रमुख विजयसिंह धामी, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर बिष्ट लगायत जनप्रतिनिधि र कर्मचारीहरूको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?