दार्चुला । सुदूरपश्चिममा आजदेखि बत्ती बाल्ने महिना शुरु भएको छ । साउन महिनालाई पहाडी समुदायले बत्ती बाल्ने (कालोमहिना) को रुपमा मनाउने गरेका छन् ।
श्रावण महिना शुरुभएसंगै दार्चुला, बैतडी सहित सुदूरपश्चिमका विभिन्न शक्तिपीठ तथा मन्दिरहरुमा पूजाआजा गर्ने गरिएको छ । तर यो बर्ष अधिकमास परेकाले आज मात्रै मठमन्दिरमा पूजा गरिने स्थानीय संस्कृतिका जानकार आचार्य घनश्याम लेखकले बताउनुभयो । दार्चुला, बैतडी सहित सुदूरपश्चिमका पहाडी जिल्लामा साउन महिनालाई बत्ती बाल्ने महिनाको रुपमा समेत लिने गरिएकाले मन्दिरमा बत्ती बाल्ने चलन समेत रही आएको उहाँले बताउनसभयो । तर अधिकमासमा पूजापाठ गर्ने चलन नरहेको समेत बताउनुभयो ।
साउन महिनाभरी शक्तिपीठ तथा मन्दिरहरुमा पुगेर बत्ती बाल्ने, भजन किर्तन गर्ने लगायतका चलनहरु रही आएका छन् । श्रावण महिनालाई भगवान शिवको महिनाका रुपमा लिने गरिन्छ ।’
श्रावण महिनाभरी मन्दिरमा राती जाग्राम बस्ने र बत्ती बाल्ने चलन रही आएको छ । जिल्लाबाट बसाइसरेकाहरु पनि मन्दिरमा पूजापाठ गर्नका लागि यो महिना जिल्ला भित्रिने गर्दछन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया