दार्चुला । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज धार्मिक यात्रा गर्ने भएको छ । साउनको पहिलो सोमबारको अवसरमा राप्रपाले सोमबार दिउँसो काठमाडौंको मैतीदेवी मन्दिरदेखि पशुपतिनाथ मन्दिरसम्म धार्मिक यात्रा गर्न लागेको हो ।
राप्रपाले धार्मिक यात्रामा सहभागी हुन सम्पूर्ण हिन्दू धर्मावलम्बीहरुमा अपिल समेत गरेको छ ।
भगवान शिव सृष्टि र शून्यका प्रतीक हुन् भन्ने मान्यतालाई आत्मसात गर्दै हिन्दुराष्ट्रका पक्षमा जनमत सिर्जना गर्न तथा आयातित धर्म संस्कृतिबाट नेपाली समाजलाई जोगाउन धार्मिक पदयात्रा गर्न लागिएको राप्रपाले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया