दार्चुला । मंगलबारदेखि मलमास अर्थात् पुरुषोत्तम मास सुरू भएको छ ।
मंगलबारदेखि सुरू भएको मलमास साउन ३१ गतेसम्म रहने पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । चन्द्रमाको तिथिको घडीपला बढी भएर बन्ने अतिरिक्त महिनालाई अधिकमास अथवा मलमास भन्ने गरिन्छ ।
एकै महिनाभित्र दुई वटा औंसी तिथि परेमा उक्त महिनालाई मलमासमा गणना गर्ने गरिन्छ । मलमासमा गरिएका धार्मिक कार्यले फल नदिने धार्मिक मान्यता छ ।
यो महिनाभर भगवान् विष्णु अर्थात् पुरुषोत्तमको आराधना गर्ने परम्परा रहेको छ । मलमासका कारण यस वर्षका चाड पर्वहरु पछि धकेलिएका छन् ।
१ अधिमासका बेला यसअघिदेखि गरिँदै आएको नियमित कार्यहरू गर्न हुन्छ । जस्तैस् यदि कोही पनि व्यक्तिले विगतका वर्षहरूमा साउनको सोमबार ब्रत गर्दै आउनुभएको छ भने यस वर्ष पनि नियमित रुपमा गर्न हुन्छ । तर यदि यसै वर्षबाट आरम्भ गर्न खोज्नु भएको हो भने नगर्दा वेश हुन्छ ।
२ मलमासको अवधिमा तिथि पर्वले पर्ने कार्यहरू अर्थात् नैमित्तिक कार्यहरू गर्न हुन्छ । जस्तैस् यस अवधिमा पर्ने जन्मोत्सव, बच्चा जन्मिएमा गरिने न्वारन, अन्त्य संस्कार, श्राद्ध कर्म आदी ।
३ यस अवधिमा काम्य कर्महरू भने गर्न नहुने बिधान रहेको छ । जस्तै नयाँ गृह आरम्भ, नयाँ गृह प्रवेश, कुवा तलाव खन्ने, ईनार खन्ने, नयाँ बगैचा निर्माण, ब्रतवन्ध, विवाह आदी जस्ता दीर्घकालीन असर रहने कार्यहरू ।
४ नवविवाहित दम्पत्तिले मलमास बार्ने बिधान रहेको छ । अर्थात् नवविवाहित दम्पत्ति मलमासको अवधिमा सम्मिलन नगर्ने निर्देश रहेको छ । अर्थात् यस अवधिमा नवविवाहित जोडी सकभर मलमासभर बेग्ला–बेग्लै बस्नु उपयुक्त हुन्छ ।
५ यस अघिका वर्षहरूमा नियमित रुपमा रुद्राभिषेक अर्थात् रुद्री गर्ने गर्नुभएका व्यक्तिहरूले मलमासमा पनि नियमित रुपमा रुद्राभिषेक कर्म गर्न हुन्छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया