दार्चुला । राष्ट्रिय युवा संघ दार्चुलाका अध्यक्ष अनिल ठगुन्ना माथी सदरमुकामको एक होटेलमा बसिरहेको बेला स्थानीय युवाहरूको एक समुहले आक्रमण गरेका छन ।
सोमबार साझ आठ बजे तिर होटेलमा बसेर साथीहरू संग गफ गरिरहेका ठगुन्नालाई एक्कासी केहि युवाहरूको समुहले पछाडीबाट आएर वियरको बोतल लगायत धारिलो हतियार प्रयोग गरि टाउकोमा आक्रमण गरेका हुन्।
आक्रमण बाट घाईते ठगुन्नाको जिल्ला अस्पताल खलङ्गाबाट थप उपचारका लागि धनगढी रेफर गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिनुभयो ।
ठगुन्नालाई आक्रमण गर्ने युवाहरूको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया