दार्चुला । दार्चुलाको व्याँस गाउँपालिका-१ स्थित तिंकर नाका सञ्चालन गर्न र सीमा क्षेत्र व्याँस विशेष कार्यक्रम सञ्चालन गर्न पूर्वमन्त्री गणेश सिंह ठगुन्ना नेतृत्वको टोलीले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकर्षण गराएको छ । शुक्रबार (आज) नेकपा (एमाले) पोलिटब्यूरो सदस्यसमेत रहनुभएका पूर्वमन्त्री ठगुन्ना नेतृत्वको टोलीले तिंकर नाका सञ्चालन गर्न र सीमा क्षेत्र विशेष कार्यक्रम कार्यान्वयन गर्न माग गरेको हो ।
डेगिगेसन टोलीमा एमाले प्रदेश कमिटी सदस्यहरु अकबर सिंह ठगुन्ना, लाल बहादुर धामी, उमेश सिंह खत्री, जिल्ला कमिटी उपसचिव खडक सिंह बडाल, जिल्ला कमिटी सचिलावय सदस्य खेमराज जोशी, प्रेम राज बडू लगायतको सहभागीता रहेको थियो । नेताहरूले दार्चुला जिल्लाको व्याँस गाँउपालिका-१ स्थित तिंकर नाका सञ्चालन गर्न र सीमा क्षेत्रमा विशेष कार्यक्रम सञ्चालन गर्ने बारे नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री नारायण काजी श्रेष्ठलाई सिंहदरबारमा डेलिगेशन भेट गरि माग राखेको युवा नेता दौलतसिंह ठगुन्नाले जानकारी दिनुभयो । यसअघि समेत व्याँस गाउँपालिकाका जनप्रतिनिधि, स्थानीयबासी र दार्चुला जिल्लाबाट प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूले तिंकर नाका सञ्चालनको माग गर्दै आएका छन् ।
यस्तो छ गृहमन्त्रीलाई बुझाइएको डेलिगेसन
माननीय उपप्रधान तथा गृहमन्त्री ज्यू
मिति : २०८०/४/५
नेपाल सरकार
विषय: दार्चुला जिल्ला व्यास गाँउपालिका वा.नं.१ स्थित तिकर नाका सञ्चालन तथा सिमा क्षेत्रमा विशेष कार्यक्रम सञ्चालन बारे ।
उपरोक्त सम्बन्धमा दार्चुला जिल्ला ब्याँस गाँउपालिका वा नं. १ तिकर भञ्ज्याङबाट नेपाल र चीन तिब्बत बिचको व्यापार परम्परागत रुपमा लामो समय देखि चल्दै आएको सर्वविदितै छ । यस सन्दर्भमा सिमा जोडिएको जिल्लाको हैसियतले दार्चुला बासीहरु नेपाली प्रशासनको अनुमतिको आधारमा मित्रराष्ट्र चीनको ताक्लाकोट बजारमा व्यापार व्यवसाय संचालन गर्दै आईरहेका थिए। Covid-19 महामारीको बेला शो नाका बन्द भएकोमा हालसम्म पनि संचालन नभएकोले सिमावासी जनताहरुको व्यापार व्यवसाय अवरुद्ध हुनुको साथै जिविकोपार्जनमा समेत ठूलो असर परेको छ । अतः तिकर नाका अविलम्ब संचालनको लागि चिनिया राजदुतावास मार्फत चीन सरकार समक्ष अविलम्ब पहलगर्न र शो नाका संचालन नभएसम्म दार्चुलाका ताक्लाकोट (तिब्बत) माव्यवसाय गर्ने व्यक्तिहरुलाई हुम्ला नाका बाट ताक्लाकोट प्रवेशको समेत अस्थायी व्यवस्था मिलाउन आवश्यक व्यवस्था गर्न अनुरोध गर्दछु ।
साथै विगतमा गृहमन्त्रालयबाट स्विकृत सिमा क्षेत्रकोलागि विशेष कार्यक्रम व्यास गाउपालिका वा.नं. १ का बासिन्दाहरुकोलागि लागू गर्न समेत माग गर्दछु।
गणेश सिंह ठगुन्ना
पूर्व मन्त्री तथा पूर्व प्रतिनिधि सभा सदस्य, दार्चुला
नेकपा (एमाले) पोलिटब्यूरो सदस्य


विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया