दार्चुलामा लम्पी स्किनबाट एक हजार बढी चौपायाको मृत्यु

दार्चुला । दार्चुलामा लम्पी स्किन रोगबाट हालसम्म एक हजार एक सय ६९ पशुचौपायाको मृत्यु भएको छ । लम्पी स्किनको सङ्क्रमण ३३ हजार तीन सय ३० पशुचौपायामा पुष्टि भएकोमा एक हजार एक सय ६९ पशुचौपाया मरेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र दार्चुलाका सूचना अधिकारी खेमराज भट्टले जानकारी दिनुभयो।

दार्चुलाका नौवटा स्थानीय तहमा एक सय ४३ बाच्छाबाच्छी, तीन सय ७८ गाई, छ सय २२ गोरु र २६ भैँसी मरेका छन्। त्यस्तै चार हजार नौ सय ५१ बाच्छाबाच्छी, १४ हजार दुई सय ९५ गाई, १३ हजार सात सय पाँच गोरु र तीन सय ६९ भैँसी सङ्क्रमित भएका उहाँले बताउनुभयो।

लम्पी स्किन रोगको संक्रमण जिल्लाभर फैलिएको छ । विशेषगरी गोरु, साना बाच्छाबाच्छी, गाई र भैँसीमा बढी देखापरेको किसानहरुले बताएका छन्। यो रोगबाट धमाधम पशुचौपाया मर्न थालेपछि दार्चुलाका किसान चिन्तित बनेका छन्। रोग निकै फैलिएको भए पनि गाउँमा अहिलेसम्म कुनै पनि पशु प्राविधिक नआएका किसानहरुको गुनासो छ ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?