दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका-५ डाडाकोटलाई अध्यारोमुक्त गाउँ घोषणा गरिएको छ । वडा भरिका सम्पूर्ण घरधुरिमा विद्युतिकरण गरि अध्याराे मुक्त गाउँ बनाउने उद्देश्यले मालिकार्जुन गाउँपालिका वडा नं ५ ले आफ्नाे नीति तथा कार्यक्रम अन्तरग विद्युत प्राधिकरणकाे समन्वय र सहकार्यमा सबै घरधुरिमा बिद्युतिकरण गर्ने, बिपन्न तथा गरिव घरधुरी लाई बिद्युतिय मिटर उपलब्ध गराउने कार्यक्रम अन्तरगत ३४ घरधुरिलाई नि:शुल्क मिटर बितरण गरिएकाे बताइएको छ ।
साउन ८ गतेका दिन वडा कार्यालयमा वडा अध्यक्ष मदन बहादुर चन्दकाे अध्यक्षतामा आयाेजित कार्यक्रममा मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरा सिह धामीले विद्युतिय मिटर बितरण गरि अध्याराे मुक्त वडा घाेषणा गर्नु भएकाे हाे । अधिकासं दलित समुदायकाे बसाेवास रहेकाे डाडाकोटमा गरिबिकाे कारण आर्थिक अभावमा अध्याराेमै बस्नु परि रहेकाे अवस्थामा वडा कार्यालयबाट नि:शुल्क बिद्युतिय मिटर उपलबध गराएर अध्यारोमुक्त वडा घोषणा गरिएको वडा अध्यक्ष मदन चन्दले बताउनुभयो । डाडाकोटमा बिद्युतिय महशुल समेत वडाकार्यलयले नै तिरिदिएर सबै वडा बासिलाई निःशुल्क बिद्युत सेवा समेत उपलब्ध गराएकाे गाउँपालिका अध्यक्ष हिरासिंह धामीले बताउनुभयो ।
यस्तै अन्य बिकास निर्माण तथा सेवाका सम्वन्धमा समेत वडा स्तरिय कार्यक्रममा समीक्षा गरिएको बताइएको छ । वडा स्तरमा बर्षाै देखिकाे खानेपानी समस्या सामाधानका लागि यसै बर्ष सानाठूला गरि आधा दर्जन जति खानेपानी याेजनाहरू समेत सम्पन्न गरि एक घर एक धाराकाे अभियान लाई सार्थक गर्दै गईरहेकाे उहाँको भनाइ छ । साथै वडाले यसै बर्ष धेरै जसाे सामाजिक पुर्वाधार निर्माण, सिचाइ ट्यंकि, वाटाे निर्माण, सडक बिस्तार, बिद्यालय मर्मत तथा निर्माण एवं बिद्यालय आइसिटि, तटबन्ध लगायतका कार्यक्रमहरू समयमै सम्पन्न गरिएको वडा कार्यालयले जनाएको छ ।
मिटर वितरण तथा समिक्षा कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सेवाग्राही, आम उपभाेक्त तथा राजनीतिक दलका प्रतिनिधि, शिक्षक, बुद्धिजीवी, समाजसेविहरूकाे उपस्थिति रहेको थियो । वडास्तरकाे प्रभाकारि सेवा सुशासन र सुशासन सहितकाे दिगाे बिकासका सम्बन्धका बिभिन्न बिषयमा समेत समिक्षा भएकाे गाउँपालिका अध्यक्ष धामीले बताउनुभयो ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया