शैल्यशिखरका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्टसहितका ७ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टसहितका सात जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज काठमाडौँस्थित विशेष अदालतमा उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्टसहित इन्जिनियर सन्तोष पाण्डेय, तत्कालीन इन्जिनियर राजेन्द्रसिंह धामी र सब–इन्जिनियर दीपकसिंह बिस्टविरुद्ध मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।

पनेबाज–बन्तोली–बगौरा सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष जनकराज जोशी, सचिव धनञ्जय जोशी र कोषाध्यक्ष जानकी बडू जोशीविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।

शैल्यशिखर–६ पनेबाज मौरीभिटादेखि वडा–७ र वडा ८ को बन्तोली–बोहरीगाउँको सडक खण्ड निर्माणको लागत इस्टिमेटमा कडा चट्टानको भाग बढी देखाएर वास्तविकभन्दा बढी भुक्तानी भएको भन्ने सूचना अख्तियारले पाएको थियो। त्यसपछि अख्तियारले छानबिन गर्दा २६ लाख २ हजार ५६६ रुपैयाँ बढी भुक्तानी लिएको खुलेको हो।

प्रमुख प्रशासकीय अधिकृत लगायतले आर्थिक वर्ष २०७४/०७५ र २०७५/०७६मा सञ्चालित पनेबाज–बन्तोली–बगौरा सडक खन्ने कार्यमा फिल्डको वास्तविक तथ्य बङ्ग्याएको अख्तियारले जनाएको छ। अख्तियारले उनीहरूबाट बिगो रकम जफत हुने माग दाबीसहित मुद्दा दायर गरेको हो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?