दार्चुला । अहिले देशका विभिन्न भागमा कन्जक्टिभाइटिस (आँखाको फ्लू) का केसहरू देखा पर्न थालेको छ । वर्षासँग यसको के सम्बन्ध छ र यसबाट कसरी जोगिने केही जानकारी लिउँ । यतिबेला आँखाका बिरामीहरु बढेका छन् । अहिले अस्पताल तथा दबाइ पसलहरुमा कन्जक्टिभाइटिसका बिरामीहरू फेला पार्न सकिन्छ । यस्तो अवस्था यसपटकको मात्र समस्या होइन । पानी परेपछि हरेक पटक कन्जक्टिभाइटिसको समस्या बढ्छ ।
यसमा संक्रमणका कारण आँखा गुलाबी वा रातो हुन्छ र त्यसपछि पानी निस्कन थाल्छ । समयसँगै आँखा सुन्निने र दुख्ने समस्या पनि बढ्छ ।
वर्षात वा मनसुनको मौसममा रोग लाग्ने खतरा दुईगुणा बढेर जान्छ । यस्तोमा आँखामा फ्लू आउने जस्ता समस्या पनि बढी देखिन्छ । जानौं आई फ्लु बाट कसरी बच्न सकिन्छ ।
हात धुने : आँखामा हुने संक्रमणबाट बच्नका लागि तपाईंले समय समयमा आफ्नो हात धुनु पर्दछ । यस्तो किनभने यदी तपाईंले फोहोर हातले आफ्ना आँखाहरु छुनुभयो भने यसले संक्रमण बढ्ने सम्भावना हुन्छ ।
नजिकै आँखा नजुधाउने : आई फ्लुबाट बच्नका लागि तपाईं संक्रमित व्यक्तिसँग आँखा जुधाउने वा उसको सम्पर्कमा नजिक जाने गर्नु हुँदैन । यसो गरेमा संक्रमण सर्ने सम्भावना अत्यधिक हुन्छ ।
संक्रमितको सामान प्रयोग नगर्ने : घरमा होस् वा अफिसमा जो व्यक्तिलाई फ्लु भएको छ तपाईं उसको कपडा, तौलिया वा रुमाल आदि प्रयोग गर्नबाट बच्नुहोस् । यदी कोही संक्रमितको सामानहरु प्रयोग गर्दा फ्लु सर्ने सम्भावना हुन्छ ।
आँखा नमिच्ने : आई फ्लुबाट बच्नका लागि पटक पटक आफ्नो आँखा मिच्ने काम नगर्नुहोस् । समय समयमा सफा पानीले आँखा धुन भने सकिन्छ ।
सरसफाईमा ध्यान दिने : यस्ता आँखाको वा अन्य कुनै फ्लुबाट बच्नका लागि आफ्नो वरिपरिको वातावरण पनि सफा राख्ने गर्नुहोस् । घरका सामानहरुलाई बेला बेला स्यानिटाइज गर्दा यस्ता संक्रमण फैलनबाट रोकिन्छ ।
यी लक्षणहरूबाट सतर्क रहनुहोस्
यो संक्रमणबाट बच्ने एउटा उपाय यसको लक्षण देखिने बित्तिकै सतर्क हुनु हो । समयमै आफूलाई अरूबाट अलग गरेर डाक्टरकहाँ जानु उपयुक्त हुन्छ । तसर्थ यदि आफ्नो आँखा रातो हुँदैछ , आँखा चिलाउँछ भने आफूलाई मानिसहरूबाट टाढा राख्नुपर्छ । यसबाहेक आँखामा कचेरा लागेको वा सुन्निएको छ र प्रकाश संवेदनशीलता छ भने डाक्टर कहाँ गै आफ्नो जाँच गराउनुपर्छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




