दार्चुला । दार्चुलामा एक जनामा कालाजार देखिएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर ९ नायलका ५० वर्षीय पुरुषमा आज (आइतबार) कालाजार देखिएको हो । गोकुलेश्वर अस्पतालमा उपचारका लागि आएका पुरुषमा कालाजार देखिएपछि थप उपचारका लागि जिल्ला अस्पताल दार्चुलामा पठाएको गोकुलेश्वर अस्पतालले जनाएको छ ।

गएको फागुनमा पनि ती पुरुषलाई कालाजार देखिएको थियो । त्यसपछि उपचारका लागि धनगढी पठाएपछि निको भएका उनमा अहिले फेरि कालाजार देखिएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी राजेश भट्टले बताउनुभयो ।

संक्रमित भुसुनाले मानिसलाई टोक्दा कालाजार रोग लाग्ने गर्दछ । जीउ कालो हुँदै जाने, दुई हप्ताभन्दा बढी समय ज्वरो आउने, भुँडी सुन्निएर बायाँतर्फ सर्दै जाने तथा बिरामी कमजोर हुँदै जानु कालाजारका लक्षणहरु हुन् ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?