युद्धग्रस्त मुलुकहरूमा काममा नजान परराष्ट्र मन्त्रालयको आग्रह

दार्चुला । परराष्ट्र मन्त्रालयले युद्धग्रस्त देशमा सुरक्षा सम्बन्धी काममा नजान अनुरोध गरेको छ ।

आज मंगलबार विज्ञप्ति निकालेर मन्त्रालयले यस्ता कार्यमा संलग्न हुँदा आइपर्ने जोखिम र उद्दारमा हुने कठिनाइप्रति सजग रहन पनि भनेको छ ।

नेपालीहरु विदेशी सेनामा भर्ना भएका भन्ने केही सामाजिक सञ्जाल र सार्वजनिक सञ्चार माध्यममा आएका समाचारसम्बन्धमा ध्यानाकर्षण भएको बताउँदै मन्त्रालयले यस्तो आग्रह गरेको छ ।

विदेशी सेनामा नेपाली नागरिकहरू भर्ना सम्बन्धमा परम्परागत रूपमा सम्झौता अन्तरगत केही मित्रराष्ट्रहरूको राष्ट्रिय सेनामा नेपाली नागरिकहरू भर्ना हुदै आएकोमा बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति दिने सरकारको नीति नरहेको पनि मन्त्रालयले स्पष्ट पारेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?