दार्चुला । सार्वजनिक यातायातको भाडा नबढ्ने भएको छ । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेपनि भाडा भने पुरानै रहने भएको छ ।
गत मंगलबार निगमले मूल्य समायोजन गरी स्वचालित मूल्य प्रणालीअनुसार पेट्रोल तथा डिजेल÷मट्टितेलमा क्रमशः प्रतिलिटर ९ र ७ रुपैयाँले वृद्धि गरे पनि सार्वजनिक यातायातको भाडा भने नबढाइने भएको हो ।
नयाँ मूल्यअनुसार तेस्रो वर्गको पेट्रोल १७३, दोस्रो वर्गको १७२ र तेस्रो वर्गको पेट्रोल १७०।५० रुपैयाँ प्रतिलिटर पर्न गएको छ ।
निगमले मूल्य वृद्धि गरेपनि भाडा भने पुरानो नै रहने यातायात व्यवस्था विभागका सूचना अधिकारी इश्वरीदत्त पनेरुले बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया