भेडाबाख्रा चराउन कालापानी गएका युवकको मृत्यु

दार्चुला । भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी क्षेत्रमा एक नेपाली युवकको ज्यान गएको छ । नौगाड गाउँपालिका वडा नम्बर ३ दल्लेखका १९ वर्षीय विनोद सिंह ठगुन्नाको कालापानी क्षेत्रमा मृत्यु भएको हो ।

पारिवारिक स्रोतका अनुसार मृतक ठगुन्ना भारतीय व्यवसायीको भेडाबाख्रा चराउन अतिक्रमित नेपाली भूमि कालापानी गएका थिए । भेडाबाख्रा चराउन लेकाली फाँटमा गएका ठगुन्ना मंगलबार साँझसम्म बासस्थानमा नफर्किएपछि कालापानीमा रहेका एसएसबी र आइटिबीपीका सुरक्षाकर्मीहरु र अन्य भेडाबाख्रा चराउनेहरुले खोजी गरेको बताइएको छ । सुरक्षा स्रोतका अनुसार उनी मंगलबार राति २ बजे मृत भेटिएका थिए ।

ठगुन्नाको संकास्पद मृत्यु भएपछि उनका बुबा अंगवीरसिंह ठगुन्ना र आफन्त घटनाको खबर पाएलगत्तै बुधबार बिहान घटनास्थलतर्फ गएको बताइएको छ । भारतको गुञ्जीमा रेहको उत्तराखण्ड प्रहरीले ठगुन्नाको शव आफ्नो जिम्मामा रहेको बताएको छ ।

मृतक ठगुन्नाले एक वर्षदेखि एकजना भारतीय व्यवसायीको दुई सयभन्दा भेडाबाख्राहरु चराउने कार्य गर्दै आएका थिए । नेपाल प्रहरीले भने घटनाबारे विस्तृत विवरण प्राप्त नभएको बताएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?