पत्रकार कुटेको आरोप लागेका बझाङ संयोजक खड्काको निलम्बन फुकुवा

दार्चुला । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बझाङ संयोजक नगेन्द्र खड्काको निलम्बन फुकुवा गरेको छ ।

पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले थप अनुसन्धान गर्दा दोषी नदेखिपछि निलम्बन फुकुवा गरेको प्रवक्ता मुकुल ढकाले बताउनुभयो ।

जिल्ला अध्यक्ष खड्काले गत साउन ९ गते पत्रकारलाई कुटपिट गरेको आरोपमा निलम्बन गरेको थियो ।

खड्काले बझाङको सामुदायिक रेडियो खप्तड आवाज र नेपाल एडलक अनलाइनमा कार्यरत पत्रकार मण्डललाई सोमबार घरबाटै अपहरण गराएर होटलमा लगी कुटपिट गरेको आरोप लागेको थियो ।

यस विषयमा नेपाल पत्रकार महासंघ बझाङ शाखाले विज्ञप्ति जारी गर्दै कारबाहीको माग गरेको थियो । सञ्चारमाध्यममा आएको समाचारका आधारमा रास्वपाको अनुशासन समितिले सामान्य जाँचबुझ गरेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?