भारतमा कार दुर्घटना हुँदा दुई परिवारका ६ जना नेपालीको मृत्यु

दार्चुला । भारतमा भएको कार दुर्घटनामा ६ जना नेपालीको मृत्यु भएको छ।

शनिबार नेपाली समयअनुसार साँझ साढे ६ बजे भारतको उत्तर प्रदेश राज्यस्थित श्रावस्ती जिल्लामा भएको कार दुर्घटनामा नेपालगन्जको त्रिभुवन चोकका उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा नेपालगन्जका व्यापारी दुई परिवारका गरी ६ जनाको मृत्यु भएको हो।

त्रिभुवन चोकस्थित ‘एसकुमार वाच’का सञ्चालक घडी व्यवसायी सन्तोष कुमार गुप्ता, उनका दुई छोरा र एक छोरीको मृत्यु भएको छ। यस्तै गुप्ताकै नातेदार हरि ओम मेडिकलका सञ्चालकका छोरा र छोरीको मृत्यु भएको नेपालगन्जका प्रहरी नायब निरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो।

कारका चालक सख्त घाइते छन्। भारतबाट नेपालगन्ज फर्किदै गरेको अवस्थामा उक्त दुर्घटना भएको हो। उत्तर प्रदेशको सञ्चारमाध्यमले कार रुखमा ठोक्किएर दुर्घटना भएको जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?