शैल्यशिखर नगरपालिकाको प्रशासकीय भवन निर्माण सुरू

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । सम्झौता लगायत सबै प्रक्रिया पूरा गरेर निर्माण कार्य थालिएको निर्माण व्यवसायी सर्पराज बडूले जानकारी दिनुभयो ।

नमस्कार चादनी निर्माण सेवाले निर्माणको जिम्मा पाएको भवन दुई वर्षभित्र तयार गरिसक्ने गरि सम्झौता गरिएको शैल्यशिखर नगरपालिकाका नगरप्रमुख विजयसिंह धामीले जानकारी दिनुभयो । भवनको ५० प्रतिशत अर्थात आधा लागत शैल्यशिखर नगरपालिका र आधा केन्द्रीय सरकार (डोलिडार) ले व्यहोर्ने उहाँले बताउनुभयो । भवन निर्माणका लागि १० करोड २१ लाखमा सम्झौता भएको छ, निर्माण व्यावसायी सर्पराज वडूले भन्नुभयो, समयमै भुक्तानी निकासा भयो भने दुई वर्षभित्रै भवन निर्माण गरिसक्ने लक्ष्य छ ।

शैल्यशिखर नगरपालिकाको वडा नम्बर ९ गोकुलेश्वरस्थित नगरपालिकाको पुरानै भवन रहेको ठाउँमा नयाँ प्रशासकीय भवन निर्माण गरिदैछ । ठाउँ अभावको कारण पुरानो भवन हटाएर नयाँ सुविधासम्पन्न प्रशासकीय भवन निर्माणको काम थालिएको नगरपालिकाले जनाएको छ । भवन निर्माण सम्पन्न नहुदासम्मका लागि नगरपालिकाको कामकाज भाडाको भवनबाट सञ्चालन गरिनेछ । पहिलो कार्यकालमा नगरपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरू हुन सकेको थिएन । दोस्रो कार्यकालको दोस्रो वर्षमा भवन निर्माणको काम सुरू भएको हो । नगरपालिकाको आफ्नै भवन नहुदा ठाउँ अभावमा सेवा प्रवाह प्रभावित भइरहेको छ । भवन निर्माण भइसकेपछि सेवा प्रवाहमा सहजता हुने बताइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?