सल्यानमा लाठ्ठीले हानेर छोराद्धारा आमाको हत्या

दार्चुला । सल्यानमा लाठीले हानेर छोराले आमाको हत्या गरेका छन्। जिल्लाको शारदा नगरपालिका वडा नम्बर १३ माथिल्लो सल्यानचौरमा अन्दाजी २३ वर्षीय नविन भण्डारीले आमा ४८ वर्षीय शारदा भण्डारीको हत्या गरेका हुन्।

मंगलबार बिहान ४ बजेतिर सुत्ने कोठामा गई उनले लठ्ठीले टाउकोमा हानेर आमाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

नविनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिनुभयो। घटनास्थलमा प्रहरी टोली पुगेको र अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?