दार्चुला । जिल्ला कारागार संखुवासभामा दुईजना कैदीबन्दीको मृत्यु भएको छ। मृत्यु हुनेमा मादी नगरपालिका वडा नम्बर ५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोट ककनी गाउँपालिका वडा नम्बर ७ का २८ वर्षिय आकाश वलामी रहेको छन् ।
गय राति १ बजे कारागारको ट्वाइलेटबाट भाग्ने क्रममा रहेका उनीहरुलाई कारागार प्रहरीले पक्राउ गरी कारागार प्रशासनलाई बुझाएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी वीरेन्द्र गोदारले बताउनुभयो ।
उनीहरु बिहान ४ बजे कारागारभित्रै अचेत अवस्थामा फेला परेपछि उपचारका लागि जिल्ला अस्तालमा मृत्यु भएको जेलर राजेन्द्र घिमिरेले बताउनुभयो।
उनीहरुको जिल्ला अस्पतालमा उपचारका क्रममा बिहान ६ बजे मृत्यु भएको जेलर घिमिरेले पुष्टि गरेका छन्। उनीहरुको शव अहिले जिल्ला अस्पतालमा शवगृहमा राखिएको छ।
बलात्कार मुद्दामा कैद सजाय भुक्तान गरिरहेका तोलाङ्गी र चोरी मुद्दामा कैद सजाय भुक्तान गरीरहेका बलामी कारागारबाट भाग्ने प्रयास गरेका थिए।
उक्त घटनापछि जिल्ला कारागार परिसर क्षेत्र र बाहिरी क्षेत्रमा प्रहरी निरीक्षक भुवनबाबु खड्काको नेतृत्वमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
घटनाको अनुसन्धानका लागि छानविन समिति गठन गरिने प्रमुख जिल्ला अधिकारी शिबकुमार कार्कीले बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया