दार्चुला । कपिलवस्तुमा एकै परिवारका दुई दाजुभाइ मृत अवस्थामा फेला परेका छन्। जिल्लाको कृष्णनगर नगरपालिका ५ बगहीमा मङ्गलबारदेखि हराएका वर्ष ५ का राजन यादव र ७ वर्षका साजन यादवको शव घर नजिकैको पोखरीमा फेला परेका हुन् ।
प्रहरीलाई घरबाट हराएको भनी राति ९ बजे जानकारी भए पनि दुवै दाजुभाइको शव बुधवार बिहान मात्र भेटिएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक लक्ष्मण वलीले बताउनुभयो। माटो निकालेर पानी जमेको खाडलमा दाजुभाइको शव फेला परेको प्रहरीले जनाएको छ।
दुवै शवलाई बहादुरगंजस्थित शिवराज अस्पतालमा पोस्टमार्टम गरी परिवारलाई बुझाइएको छ भने घटनाको विषयमा थप अनुसन्धान भइरहेको कृष्णनगरले जनाएको छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया