सेनामा जागिर लगाइदिने भन्दै ठगी गर्ने आठ जनामध्ये तीन जना कारागार चलान

दार्चुला । नेपाली सेनामा जागिर लगाइदिन्छु भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका ८ जनामध्ये तीन जना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

मङ्गलवार जिल्ला अदालत दार्चुलाका न्यायाधीश खेमराज भट्टको एकल इजलासले महाकाली नगरपालिका वडा नम्बर ३ बाँजका २७ वर्षीय नरेन्द्रसिंह महर, ३८ वर्षीय रुकुमसिंह महर र मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ का ५१ वर्षीय श्यामसिंह धामीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको अदालतका सूचना अधिकारी गणेश विष्टले जानकारी दिनुभयो ।

यस्तै अन्य पाँच जनालाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ । धरौटीमा रिहा हुनेमध्ये महाकाली नगरपालिका वडा नम्बर ३ का २१ वर्षीय ईश्वरसिंह महरबाट एक लाख रुपैयाँ माग गरिएको छ भने सोही ठाउँका ४४ वर्षीय विशनसिंह नगाल, २७ वर्षीय रमेशसिंह महर, ३० वर्षीय देवसिंह महर र कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ३ कालीका टोलका ३४ वर्षीय शंकरकुमार भुलबाट जनही ५० हजार रुपैयाँ धरौटी माग गरिएको दार्चुला अदालतले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?