दार्चुलाका यातायात व्यवसायी जगत टमटाको क्यान्सरले मृत्यु

दार्चुला । दार्चुलाको महाकाली नगरपालिका घर भएका युवा यातायात व्यवसायी जगत टमटाको क्यान्सर रोगबाट मृत्यु भएको छ । टमटा घाटीको क्यान्सरबाट पीडित थिए ।

दुई दशक बढी यातायातको क्षेत्रमा काम गरेका ४० वर्षीय व्यवसायी टमटाको धनगढीमा मृत्युु भएको हो । बिगत दुई बर्ष देखि क्यान्सर रोगले च्यापेका टमटाले हालै शिक्षण अस्पताल महाराजगञ्जमा र भरतपुर क्यान्सर अस्पतालमा उपचार गराएर फर्किएका थिए ।

मृतक टमटाका चार नजना छोरा रहेकोमा जेठो छोरा नेपाली सेनामा सेवारत रहेका छन । तीन जना अध्ययनरत रहेको पारिवारिक स्रोतले जनाएको छ । लामो समय दार्चुलाको मुख्य राजमार्गका साथै विभिन्न ग्रामीण सडकहरूमा यातायात सेवा उपलब्ध गराएका टमटाको क्यान्सरका कारण युवाअवस्थामै मृत्यु भएको हो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?