दार्चुला । करणी मुद्दाका फरार प्रतिवादी दार्चुलाका करन समाल खलंगाबाट पक्राउ परेका छन्।
दार्चुला प्रहरीले करणी मुद्दाका १ प्रतिवादीलाई २ वर्षपछि पक्राउ गरेको हो। उच्च अदालत महेन्द्रनगरले २०७८ साल पुसमा २ वर्ष कैद तोकेका २५ वर्षीय करनलाई सदरमुकाम खलंगाबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । दुँहु गाउँपालिका–२ का २५ वर्षीय करनलाई आइतवार दिउँसो गस्ती टोलीले पक्राउ गरेको बताइएको छ।
करनलाई कैद भुक्तानका लागि जिल्ला अदालतमा पेश गरिएको छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया